Tuesday, April 6, 2010



1)
नेपालका लागि अमेरिकी कार्यबाहक राजदुत डोनाल्ड क्याम्पले भुटानी शरणार्थीको पुर्नवासले उनीहरुले सुखद जीवनको शुरुवात गर्न पाएको बताउनु भएको छ ।
नेपालमा एकलाख भन्दा धेरै शरणार्थीलाई दुइ दशकदेखि गरिएको सहयोग र देखाईएको सद्भाव विश्वमै नमुना भएको बताउँदै उहाँले अमेरिकाले भुटानी शरणार्थी र नेपालीलाई गर्ने सहयोगमा कुनै कमी नहुने स्पष्ट गर्नु भयो ।
झापाको दमक ११ मा अमेरिकी राजदुतावासको सहयोगमा निर्मित सडक उद्घाटन गर्न आउनु भएका राजदुत क्याम्पले पुनर्वासकालगि उपलब्ध सहयोग जारी रहने बताउनु भयो /

२)
स्वदेश फिर्ती पक्षधर भुटानी शरणार्थीले आफ्नो मुद्धा अन्तराष्ट्रिय अदालतमा लगेर घर फिर्न पाउने अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गरेका छन् ।
स्वदेश फिर्ती पक्षधर भुटानी बृद्धहरुको समूहले मंगलवार संयुक्त राष्ट्र संघको जेनेभा स्थित कार्यालयमा अपिल पर्ठाई यस्तो आग्रह गरेका हुन् ।
शरणार्थी जीवनबाट विरक्तीएका र घर फिर्न चाहने शरणार्थीलाई आफ्नै थातथलोमा फर्काउन भुटानले आलटाल गरेकोले हज्जारौं स्वदेश फिर्ती पक्षधरको मानव अधिकारको रक्षा गर्नपनि यो मुद्धा अन्तराष्ट्रिय अदालतमा लगिनु पर्ने उनीहरुको माग छ ।
शरणार्थीले पठाएको अपिलमा नेपाल र भुटान सरकारको संयुक्त प्रमाणीकरणबाट खाटी भुटानीमा परेकाहरुलाई स्वदेश फर्काइने भन्ने आश्वासन पाएपनि त्यो समेत पुरा नहुदाँ भुटानको चरित्र र्छलङ भएको उल्लेख छ ।
भुटान पनि राष्ट्र संघको सदस्य भएकोले उस्लाई आफ्ना नागरिक फर्काउन राष्ट्र संघले दबाव दिन पर्ने अपिलमा उल्लेख छ । शरणार्थीले पठाएको छ बुँदे माग उल्लेख भएको अपिलमा भारतलाई समेत यो मुद्धा अन्तराष्ट्रिय अदालतमा उठाउन नेपाललाई सहयोग गर्न आग्रह गरिएको छ ।
शरणार्थीले आफ्नै मुलुक र माटोमा र्फकन पाउनु पर्ने अधिकारको रक्षा गर्न उचित वातावरण बनाउनु पर्ने शरणार्थीको माग छ । अपिलमा स्वदेश फिर्ती अभियानका संयोजक हर्कजंग सुब्बा, सहसंयोजक सन्तविर घले सहित ९८ जनाले हस्ताक्षर गरेका छन् ।
यस अघि शरणार्थी बृद्धहरुकै पहलमा झापा र मोरङका सात वटै शिविरका तीस हजार भन्दा धेरै शरणार्थीले स्वदेश फिर्तीको माग गर्दै फाराम भरेका थिए । शरणार्थीको पुनर्वास शुरु भएपछि अठाइस हजार भुटानी शरणार्थी तेस्रो देश पुगेका छन् । पुनर्वासको लागि असी हजार भुटानी शरणार्थीले आवेदन दिएका छन् । पुनर्वासको लहरसँगै भुटानी शरणार्थीको स्वदेश फिर्तीको अभियान ओझेलमा परेको छ ।
स्वदेश फिर्तीमा दबाव सृजना गर्न पछिल्लो पटक भुटानी शरणार्थीले लङ मार्च अभियान चलाएका थिए । स्वेच्छिक स्वदेश फिर्तीको त्यो कार्यक्रम भारतीय सुरक्षाकर्मीले मेची पुलमा रोकेपछि तुहिएको थियो । त्यसपछि स्वदेश फिर्तीका अभियान हुन सकेका छैनन् ।


आज भुटानी शरणार्थी शिविर वेलडाँगी एक मा अल आर्टिष्ट अफ भुटान नामक साँगितिक संस्थाद्वारा एक साँगितिक कार्यक्रम गरियो । सातै शिविरबाट आएका कलाकारहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा भुटानी शरणार्थीहरुद्वारा निर्मित नेपाली कथानक चलचित्र रहस्य आफ्नोपनका गितहरु रिलिजसमेत गरिएको कुरा बेलडाँगी शिविरका हाम्रा सहयोगी लोक बहादुर महराले जानकारी गराएका छन्

No comments:

Post a Comment