
ज.हाँ आँखाको सुन्दरता कायम राख्नु र बढाउनु आवश्यक छ त्यहीँ यसको सुरक्षा एवं उचित रेखदेख पनि आवश्यक छ । आँखाको सुरक्षाका दृष्टिले घाममा लगाइने चस्मा अर्थात् सनग्लासको प्रयोग लामो समयदेखि हुँदै आएको छ । धेरैजसो व्यक्ति घाम, धूवाँ, धूलोबाट आँखालाई सुरक्षा प्रदान गर्न सनग्लास प्रयोग गर्छन् । धेरैजसोले भने फेसनेबल एवं स्टाइलिस लुकका लागि पनि सनग्लासको प्रयोग गर्न रुचाएको पाइन्छ । समग्रमा सूर्यको अल्ट्रा भ्वाइलेट किरण, धूवाँ, धूलो आदिबाट आँखाको सुरक्षा, व्यक्तित्वको सुन्दरता र स्टाइलिस लुक सबै दृष्टिकोणबाट सनग्लासको प्रयोग अनिवार्य देखिन्छ । अतः सनग्लास प्रायः सबैको स्टाइल स्टेट्मेन्टको अभिन्न अंग बन्न पुगेको छ ।
कस्तो हुनुपर्छ सनग्लास ?
कुनै पनि प्रकारको सनग्लासमा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छन्, प|ेम र लेन्स ।
प|ेम ः हिजोआज बजारमा विभिन्न प्रकारका प|ेम उपलब्ध छन् । जस्तै-प्लास्टिक प|ेम, धातुका प|ेम, रमिलेस गोल्ड प|ेम । प|ेम छनौट गर्दा त्यसको आकार, आकृति, रंग र धातुलाई राम्रोसँग नियाल्नु र परीक्षण गर्नुपर्छ । मुहारको आकृति र व्यक्तित्वअनुसार चस्माको प|ेम छनौट गर्नु उचित हुन्छ । विशेषगरी नाकको बनावट र मुहारको विशेषतालाई ध्यान दिनुपर्छ ।
मुहारको आकृतिअनुसार
ओभल फेस ः सौन्दर्यको दृष्टिले अण्डाकार मुहारलाई सुन्दरताको प्रतीक मानिन्छ । यस्तो मुहारमा हरेक प्रकारको प|ेम सुहाउँदो हुन्छ । रेक्टेंगुलर अर्थात् आयताकार प|ेम र सफ्ट किनारा भएका सनग्लासले यस्ता मुहारको आकर्षण अझ बढाउँछ । यद्यपि सनग्लास खरदि गर्दा तिनको चौडाइ आफ्नो मुहारसित मेल खाओस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ अर्थात् चस्माको आकार ठूलो हुनुहुँदैन र यसले आँखीभौंलाई समेत छोप्नुहुँदैन । यस्ता सनग्लासले मुहारको सुन्दरता घटाउँछन् ।
राउन्ड फेस ः यसप्रकारको मुहारलाई एंगुलर प|ेम उपयुक्त हुन्छ । आयताकार एवं अण्डाकार प|ेम पनि लगाउन सकिन्छ । सानो, गोलो वा अत्यन्त ठूलो प|ेमयुक्त चस्मा भने राउन्ड फेसका लागि सुहाउँदैन किनभने यसप्रकारको प|ेमका कारण मुहार अझ गोलो देखिन्छ ।
स्क्वायर फेस ः अण्डाकार वा गोलो प|ेमयुक्त चस्माले स्क्वायर फेसलाई सफ्ट लुक प्रदान गर्छ । यदि निधार, चीक बोन र चिउँडो अलि ठूलो छ भने स्लोपिङ एंगलयुक्त अण्डाकार प|ेम उपयुक्त हुन्छ ।
रेक्टेंगुलर फेस ः गोलो र गहिरो प|ेम यस्ता मुहारलाई उपयुक्त मानिन्छ । धेरै ठूलो प|ेम लगाउनु उचित हुँदैन । हल्का उठेका लेन्सयुक्त ग्लेयर्समा मुहार केही हदसम्म ब्यालेन्स देखिन्छ ।
डायमन्ड फेस ः चौडा र हाइ चिकबोन्स, सानो निधार तथा चिउँडो यस्तो मुखाकृतिको विशेषता हो । यस्तो मुखाकृतिमा ओभल सनग्लास उपयुक्त हुन्छ । हल्का कर्भ स्क्वायर तथा रमिलेस प|ेस पनि यस्ता मुखाकृतिलाई उत्तिकै सुहाउँदो हुन्छ ।
अब्लङ फेस ः मुहारको लम्बाइ चौडाइभन्दा बढी हुने भएकाले यस्ता मुखाकृति लाम्चो आकारको हुन्छन् । यस्ता व्यक्तिले प|ेम छनौट गर्दा यसले मुहारको मध्यभागलाई बढीभन्दा बढी ढाकोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ जसले गर्दा मुहारको लम्बाइ ब्यालेन्समा आउँछ । अतः चौडा र ठूलो प|ेमयुक्त ओबल एवं स्क्वायर सेप सुहाउँदो हुन्छ ।
ट्रयांग्युलर फेस ः ठूलो निधार, सानो मुख र चिउँडोले यस्ता मुखाकृतिलाई चिनाउँछन् । मसिनो रमि र भर्टिकल लाइनले मुहारको तल्लो भागलाई ब्यालेन्स गर्न मद्दत गर्छ । यसमा रमिलेस मेटल प|ेमको प्रयोग उपयुक्त हुन्छ । त्यसैगरी रमिलेस हेक्जागोनल प|ेम यस्ता मुखाकृतिमा सुहाउँदो हुन्छ । मूलतः ठूलो प|ेम, हेभी नोज बि्रज, बोल्ड कलर तथा स्क्वायर सेपको प|ेमबाट भने बच्नुपर्छ ।
सनग्लास चयन गर्दा मुहारको आकारका अतिरत्ति अन्य कुरामा पनि ध्यान पुर्याउनुपर्छ ।
यदि दुवै आँखा धेरै नजिक छन् भने ठूलो प|ेम भएको चस्मा लगाउनुहुँदैन । यसबाट आँखाको दोष अझ स्पष्ट हुन्छ ।
यदि नाक लामो छ भने हाइ बि्रजयुक्त प|ेम उपयुक्त हुँदैन । यसले नाक अझ ठूलो प्रतित हुन्छ । डबल बि्रजयुक्त चस्मा प्रयोग गर्न सकिन्छ ।
नाकको आकार सानो छ भने हाइ बि्रजयुक्त लाइट कलरको चस्मा प्रयोग गर्नु राम्रो हुन्छ ।
प|ेमको टपबार तथा आइब्रोको सन्तुलन मिल्दो होस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।
ल चस्माको प|ेमले गालालाई स्पर्श नगरोस् भनेर विचार पुर्याउनुपर्छ ।
प|ेमको कलर सेलेक्सन
ब्ल्याक र ब्राउन कलरका प|ेम पपुलर देखिन्छन् । यद्यपि एलो, हट रेड, अरेन्ज, कोबाल्ट ब्लूको प्रचलन पनि उत्तिकै देख्न पाइन्छ । प|ेमको कलर पहिरनको रंगसित म्याच गर्ने वा कन्ट्रास्ट हुने कुरामा निर्भर हुनुका साथै व्यक्तित्वको कुनै पक्षलाई उजागर गर्ने भन्ने उद्देश्यमा पनि भर पर्छ । व्यक्तिको वर्ण र केशको रंग सुहाउँदो पनि प|ेमको कलर निर्धारण गर्न सकिन्छ । जस्तै- मोटो ब्ल्याक प|ेमले स्यालो स्किन अझ कालो प्रतित हुन्छ तर ब्ल्याक कम्प्लेक्सनमा मेटालिक प|ेम बढी सुहाउँदो हुन्छ । ब्रोन्स सौन्दर्य एवं ओलाइभ स्किन ब्राउन, खाकी, गि्रन, पिच, क्रिम, गोल्डसित बढी सुहाउँछ । यद्यपि ब्ल्याक र भारी प|ेम भने त्यति सुहाउँदैन । पेल कम्प्लेक्सनमा भने सिल्भरका साथै ब्ल्याक, ब्लू, रेड, प्लम, ग्रे,
एम्बर जस्ता सेड्सहरू आकर्षक देखिन्छन् ।
हेयर स्टाइलअनुसार
सफ्ट एन्ड कर्ली हेयरका लागि रमिलेस सेमी ट्रान्स्परेन्ट कलर्सका प|ेम बढी उपयुक्त हुन्छन् । साथै डेलिकेट सेप र ट्रान्स्लुसेन्ट कलर सेड्स पनि उत्तिकै सुहाउँछ ।
धेरै कर्ली हेयरमा भने क्लासिक एवं सानो प|ेम प्रयोग गर्नु उचित हुन्छ ।
सर्ट हेयरका लागि ब्लू कलरको प|ेम बढी उपयुक्त हुन्छ । जियोमेटि्रक एवं राउन्ड प|ेम पनि उत्तिकै सुहाउँछ । अत्यन्त सर्ट हेयरका लागि भने बोल्ड कलर एवं डेकोरेटिभ स्टाइल उचित हुन्छ । लामो केशमा भने कुनै पनि कलरको प|ेम प्रयोग गर्न सकिन्छ ।
प|ेमजस्तै सनग्लास छनौटमा त्यसमा प्रयोग गरएिको लेन्स र त्यसको क्वालिटीले पनि उत्तिकै महत्त्व राख्छ । हिजोआज प्लास्टिक एवं सिसा दुवै खालका लेन्स प्रचलनमा रहेको पाइन्छ । यद्यपि दुवैबाट सफा र स्पष्ट रूपमा देख्न सकिन्छ र पनि प्लास्टिक लेन्स हल्का एवं आरामदायक हुने भएकाले बढी प्रचलनमा देखिन्छ । लेन्सको रंग चयनमा सतर्कता अपनाउनुपर्छ । आँखालाई शीतलता एवं कोमलताको अनुभूति दिलाउने एवं अत्यधिक प्रकाशबाट जोगाउने लेन्स छनौट गर्नु राम्रो हुन्छ । हिजोआज डेक रोयल ४०, ग्रे टोन, खरानी, हरयिो एवं स्मोक कलर बढी प्रचलनमा पाइन्छ । यद्यपि मुहारको स्किन टोनसित यसको सामन्जस्यता मिलाउनु आवश्यक हुन्छ । न्युट्रल ग्रेस लेन्स सबैभन्दा उपयुक्त मानिन्छ ।
अनुहारमा सुन्दरता प्रदान गर्ने रंगमध्ये एक नीलो रंगको लेन्स बादल लागेको दिनमा र साँझपख प्रयोग गर्नु उपयुक्त मानिन्छ । नीलो लेन्सले आँखाले स्पष्ट पहिल्याउन नसक्ने वस्तु, विशेषगरी अन्यौल सिर्जना गर्ने वस्तुलाई स्पष्ट रूपमा देख्न मद्दत गर्छ । फुस्रो रंगको लेन्स अत्यन्त गाढा तथा प्रकाशयुक्त वस्तु हेर्न बढी उपयुक्त हुन्छ । यसैगरी गाढा हरयिो रंगको लेन्सले कुनै पनि रंगलाई स्पष्ट रूपमा हेर्न मद्दत गर्छ । हल्का हरयिो रंगको लेन्स भएको चस्मा भने क्लब, भोज, डिस्को आदिमा प्रयोग गर्नु उपयुक्त हुन्छ । गुलाबी रंगको लेन्स भएको चस्मालाई बादल लागेको दिन मात्र प्रयोग गर्नु उचित हुन्छ भने विभिन्न वस्तुबीचको फरकलाई स्पष्ट देखाउने भएकाले राति सवारीसाधन चलाउनेहरूका लागि पहेंलो रंगको लेन्स उपयोगी हुन्छ ।
No comments:
Post a Comment