Tuesday, April 6, 2010

शरणार्थी सेरोफेरो


सहायता संस्था कारितासले दमकमा आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले अपाङ्गता भएका शरणार्थीलाई कुनै पनि अवसरबाट वञ्चित गर्न नहुनेमा जोड दिए ।
सातवटै शिविर ब्यवस्थापन समितिका पदाधिकारी सम्मिलित अपाङ्गता सम्बन्धि जनचेतनामूलक गोष्ठीका वक्ताले सो कुरामा जोड दिएका हुन् ।
गोष्ठीमा शिविरका सचिव, उपसचिव, जेण्डर फोकल प्वाईन्ट लगायतका प्रतिनिधि समेत गरि ४८ सहभागी थिए ।
यसैबिच कारितासले यस किसिमका गोष्ठी शरणार्थी शिविरका बिभिन्न तहका ३ सय प्रतिनिधिका लागि आउँदो एक साताभित्रमा सञ्चालन गर्ने जनाएको छ ।
झापा र मोरङका सात शरणार्थी शिविरमा ३ हजार ९२ जना अपाङ्गता भएका शरणार्थी छन् ।


शरणार्थीको रुपमा दर्ता नभएका भुटानीका छोराछोरी शिविरमा शिक्षाको अवसरबाट वञ्चित भएको पाईएको छ ।
पुर्वोत्तर झापाको खुदुनावारी शिविरमा कम्तीमा २ सय त्यस्ता शरणार्थीको पहिचान नपाएका बालबालिका पढ्ने अवसरबाट वञ्चित भएको शिविर सचिव भानु ढुङ्गानाले बताउनु भएको छ ।
भुटानी शरणार्थीको शैक्षिक सहायतामा संलग्न संस्था कारितासले भने राष्ट्रसंघिय शरणार्थी आयोगको सिफारिसमा त्यस्ता बालबालिकालाई बिद्यालयमा भर्ना लिईने बताएको छ ।
झापा र मोरङका सातैवटा शिविरमा दर्ताको लागि निवेदन दिएका १ हजार ५ सय शरणार्थी नौ महिनादेखि शरणार्थी पहिचानको प्रतिक्षामा छन् ।
त्यस्ता भुटानी सहायता बिना नै शिबिरहरुमा बसिरहेका छन्/

दमकको बेलडाँगीका ३ भुटानी शरणार्थी शिविरका ३ हजार शरणार्थीले स्वदेश फिर्ती फारम भरेको शरणार्थी शिविरका १ जना बरिष्ठ सदस्यले बताएका छन् ।
भुटानी शरणार्थी जेष्ठ नागरिक समूहका संयोजक हर्कजंग लिम्बुले अघिल्लो सोमबार शुरु त्यस्तो घर फिर्ती फारम भराउ अभियानमा सामेल हुने शरणार्थीको लाम उल्लेख्य रहेको पनि बताउनु भएको छ ।
शरणार्थी स्वदेश फिर्ती कार्यक्रम परिषद्, भुटानी जेष्ठ नागरिक समुह, भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र अधिकारवादी संगठन हय्युरोवले संयुक्त रुपमा शरणार्थी घर फिर्तीको दिगो उदेश्यका साथ शरणार्थीको भुटान स्थित जायजेथा र परिवारको पूर्ण विवरण खुल्ने फारम भराउन थालेका हुन ।
यो फारम भराउ अभियान केहि दिनभित्रै अरु ४ शरणार्थी शिविरमा पनि चालु गरिने शरणार्थी स्वदेश फिर्ती कार्यक्रम परिषद्का डि आर घोर्सनेले बताउनु भएको छ ।
कम्तिमा २ महिनासम्म चल्ने यो फारम भर्ने अभियानले शरणार्थी स्वदेश फिर्तीको पक्षमा अन्तराष्ट्रिय जनमत सृजना गर्ने साथै आफ्ना नागरिकको सम्मानजनक घर फिर्तीका लागि तयार हुन भुटानमाथि दवाव बढ्ने अपेक्षा पनि गरिएको छ
/

No comments:

Post a Comment